भक्तपुर, पुस २६ : भक्तपुर नगरपालिका–२ कालोपाटीमा पाँचतले पक्की घरको बाहिरी इँटाको गारो लगाउने क्रममा खसेर आइतबार एक मजदुरको मृ’त्यु भएको छ ।

महोत्तरीको बर्दिबास घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका–५ कटुञ्जे बस्ने ३५ वर्षीय डम्बर मगरको मृ’त्यु भएको महानगरीय प्र’हरी परिसर भक्तपुरका प्र’हरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो ।
प्र’हरीका अनुसार स्थानीयवासी सुनिल थिमिको निर्माण भइरहेको घरको गारो लगाउने क्रममा पाँचतला माथिबाट खसेर भुइँतलामा बजारिँदा ग’म्भीर घा’इते मगरको डा. इवामुरा मेमोरियल अस्पतालमा उपचारका लागि लगिएकामा चिकित्सकले मृ’त्यु भइसकेको जानकारी गराएको हो । घ’टनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।