निरन्तर घट्दै सुनचाँदीको मूल्य, आज कारोबार कतिमा ?

admin

काठमाडौं, २७ पुस : सोमबार पनि सुनको मूल्य घटेको छ । सुनको मूल्य सोमबार तोलामा आठ सय रुपैयाँ घटेर ९२ हजार दुई सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । गएको शुक्रबारको तुलनामा आइतबार एकैदिन तोलामा २ हजार ३०० रुपैयाँले घटेर आइतबार सुन तोलाको ९३ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै सोमबार तेजावी सुन तोलामा ९१ हजार ७०० रुपैयाँमा कारोबार भएको छ । यसैगरी चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले घटेर १२ सय ३० रुपैयाँमा कायम भएको छ । आइतबार चाँदी तोलाको १२ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया