रुपन्देही, २७ पुस : नेपाली कांग्रेसका केन्द्रीय सदस्य डाक्टर चन्द्र भण्डारीले संविधानको अन्तिम व्याख्या गर्ने अधिकार सर्वोच्च अदालतलाई मात्रै रहेको बताएका छन् । रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशले सोमबार बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा नेता भण्डारीले सर्वोच्चमा विचाराधीन रहेको विषयमा पूर्वप्रधानन्याधीशहरूले बोल्नु पनि गलत भएको टिप्पणी गरे ।
उनले भने, सर्वोच्चले जे व्याख्या गर्छ, त्यसलाई सबैले स्वीकार गर्नुपर्छ । विधिको शासन र व्यवस्थाप्रति विश्वास गर्नेले नै प्रतिनिधि सभा विघटनका बारेमा सर्वोच्चमा विचाराधीन अवस्थामा रहेका मुद्दा विषयमा बोल्नु गलत भएको उनको भनाइ छ ।
सर्वोच्च अदालतमा रहेको विचाराधीन मुद्दामाथि सडकबाट फैसला गर्न नहुने भन्दै उनले प्रतिनिधि सभा पुनर्स्थापना हुनेरनहुने विषयमा सर्वोच्च अदालतले गरेको निर्णयलाई नै सबैले आत्मसात् गर्नुपर्ने बताए ।