आज शेयर बजार ३ अङ्कले बढ्यो

admin

काठमाडौं, २७ पुस : शेयर बजार सोमबार सामान्य बढेको छ । नेप्से सोमबार तीन दशमलव ३७ अङ्कले बढेर २ हजार २ सय ३९ दशमलव ४३ विन्दुमा पुगेको छ । बैंकिङ समूहको शेयर झण्डै तीन अङ्कले, विकास बैंक समूहको साढे २८, जलविद्युतको तीन, फाइनान्सको ११, निर्जीवन बीमाको १ सय ७६ र जीवन बीमा समूहको शेयर १ सय ६१ अङ्कले बढेको छ ।

व्यापार, होटल, उत्पादन, माइक्रोफाइनान्स र अन्य समूहको शेयर घटेको छ । सोमबार दुई सय आठ कम्पनीका एक करोड ३५ लाख कित्ता शेयर पाँच अर्ब ५२ करोड ४८ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै सिद्धार्थ बैंकको ४२ करोड ६२ लाख रुपैयाँको शेयर किनबेच भयो ।

सोमबार आरम्भ चौतारी लघुवित्त, नारायणी विकास बैंक, युनाइटेड फाइनान्स र कर्पोरेट विकास बैंकका लगानीकर्ताले नौ प्रतिशतभन्दा धेरै कमाएका छन् । ​मल्टिपर्पोज फाइनान्सका शेयर धनीले भने सबैभन्दा धेरै झण्डै ६ प्रतिशत गुमाएका छन् ।

प्रतिक्रिया