भारतीय रक्षा राज्यमन्त्री कार दुर्घटनामा गम्भीर घाइते, श्रीमतीसहित दुईजनाकाे मृत्यु

admin

काठमाडौं, पुस २८ : भारतीय केन्द्रीय रक्षामन्त्री श्रीपाद नाइक सवारी दु’र्घटनामामा परेका छन्। मन्त्री नाइकको कार सोमबार कर्नाटकको अंकोलामा दु’र्घटनामा पर्दा उनकी पत्नी विजया नाइक र स्वकीय सचिवको मृ’त्यु भएको छ। दु’र्घटनामा मन्त्री नाइक गम्भीर घा’इते भएका छन्।

मन्त्री नाइकको अहिले अंकोला जिल्ला अस्पतालमा उपचार भैरहेको छ । अहिले उनको अवस्था स्थिर रहेको बताइएको छ । मन्त्री नाइक पत्नीसहित गोकर्ण गइरहेका बेला येल्लापुर र गोकर्णबीचको सडक खण्डमा कार दुर्घ’टना भएको हो।

उनीहरु कर्नाटकको येल्लापुरस्थित गणपति, कवादिकरे, पंडवासी ग्राम दीवी मन्दिर र ईश्वर मन्दिरमा पुजा गरेर फर्किदा दु’र्घटनामा परेका थिए।

प्रतिक्रिया