आज सुनचाँदी कै मूल्य बढ्यो, कारोबार कतिमा ?

admin

काठमाडौं, २८ पुस : मंगलबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको छ । सोमबार तोलामा आठ सय रुपैयाँ घटेर ९२ हजार दुई सय रुपैयाँमा झरेको सुन मूल्य मंगलबार फेरि ६ सय रुपैयाँले बढेर ९२ हजार ८ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै मंगलबार तेजावी सुन तोलामा ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । यसैगरी मंगलबार चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा १२ सय ३० रुपैयाँमा कारोबार भएको चाँदी २० रुपैयाँले बढेर मंगलबार १२ सय ५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया