अमेरिकामा ट्रम्प समर्थकले फेरि हिं’सात्मक प्रदर्शन गर्नसक्ने एफबीआईद्वारा चेतावनी

admin

एजेन्सी, २८ पुस : अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले फेरि हिं’सात्मक प्रदर्शनको तयारी गरेका सङ्घीय अनुसन्धान ब्यूरो एफबीआईले जनाएको छ । एफबीआईले आउँदा दिनमा राष्ट्रपति ट्रम्पका समर्थकहरुले ह’तियारसहित हिं’सात्मक प्रदर्शनको तयारी गरेका चेतावनी दिएको बीबीसीले जनाएको छ ।

आउँदो २० तारिखमा हुने नवनिर्वाचित राष्ट्रपतिको शपथग्रहण समारोहलाई प्रभावित पार्नका लागि उनीहरुले तयारी थालेका खबरमा उल्लेख गरिएको छ । राष्ट्रपतिमा निर्वाचित जो बाइडेनको शपथको दिनसम्म सबै ५० राज्यमा ह’तियारसहित प्रदर्शनको तयारी भइरहेको सूचना प्राप्त भएको एफबीआईलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

यसअघि गएको बुधबार राष्ट्रपति ट्रम्पका ह’तियार’धा’री समर्थकले संसद भवनमा आ’क्रमण गरेका थिए । यो आ’क्रमणमा एक जना प्रहरी अधिकारीसहित पाँच जनाको ज्यान गएको थियो । यो प्रदर्शनपछि दबाबमा रहेका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले सहजै सत्ता हस्तान्तरण गर्ने घोषणा गरेका थिए ।

हिं’सात्मक आ’क्रमणका लागि उक्साएको आरोपमा ट्रम्पमाथि तल्लो सदनमा महाअभियोग प्रस्ताव दर्ता समेत भएको छ । तल्लो सदनका सभामुख न्यान्सी पेलोसीले ट्रम्पका कारण प्रजातन्त्र र संविधानमाथि तत्काल ख’तरा रहेको बताएका छन् ।

प्रतिक्रिया