थप ४३० जनामा संक्रमण पुष्टि, ३९० जना डिस्चार्ज

admin

काठमाडौं, २८ पुस : बुधबार थप चार सय ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार मंगलबार थपिएकासँगै कुल संक्रमितको संख्या दुई लाख ६५ हजार ६ सय ९८ पुगेको छ ।

कोरोना निको हुनेको संख्या पनि दुई लाख ५९ हजार तीन सय ५८ पुगेको छ । बितेको २४ घण्टामा तीन सय ९० जना कोरोना संक्रमणमुक्त भएका छन् । त्यस्तै बितेको २४ घण्टामा पाँच जनाको ज्यान गएसँगै कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १९ सय ३२ पुगेको छ ।

प्रतिक्रिया