डेढ महिनासम्म पनि नियन्त्रणमा आएन मनाङकाे वनमा लागेकाे आगाे

admin

मनाङ : हिमाली जिल्ला मनाङको चामे गाउँपालिका २ थानचोकको वनबाट मङ्सिर ११ देखि सुरु भएको आ’गो अझै नियन्त्रणमा आउन सकेको छैन । सल्लोको जङ्गल, सुकेका पातपतिङ्गर अनि निगालोको झाडीमा फैलिएको आ’गला’गी नियन्त्रणबाहिर नै छ । अहिले यो आगलागी नासो गाउँपालिका ८ ताचैसम्म पुगेको छ ।


आ’गलागीबाट अहिलेसम्म कुनै मानवीय क्ष’ति भएको छैन । तर जडीबुटी र वन्यजन्तुमा कति असर पर्‍यो भन्ने लेखाजोखा छैन । आग’लागी भएको क्षेत्र लमजुङको सदरमुकाम बेसीसहरबाट ५५ किलोमिटर र सदरमुकाम चामेबाट डेढ घण्टाको दुरीमा पर्दछ । यो क्षेत्र अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) को संरक्षणमा रहेको छ ।

मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले सुरक्षा समितिसँगको समन्वयमा नियन्त्रणको प्रयास भइरहेको बताउनुभयो । ‘हाम्रो प्रयत्न छ । हामी नियन्त्रणको प्रयास गरिरहेका छौँ । मानवले गर्न सक्नेसम्म जति हामी गर्छौं । मानव बस्तीसम्म आउन नदिने हाम्रो प्रयास हुनेछ’, उहाँले भन्नुभयो, ‘अन्तिम अवस्थामा हेलिकोप्टरसम्मको प्रयोग पनि हुन सक्छ ।’

अर्का स्थानीय तथा यस क्षेत्रका सीएमसीका अध्यक्ष याद घलेले हिमाली क्षेत्रको जङ्गलमा लामो समयदेखि लागेको आगोबाट महत्त्वपूर्ण जडीबुटी र वन्यजन्तु लोप भएको बताउनुभयो । ‘प्रशासन र जनप्रतिनिधिले पनि सहयोग गरेनन्, छिमेकी पनि मुकदर्शक बने’, उहाँले भन्नुभयो । आगलागी भएको क्षेत्र जङ्गलमा थार, घोरल, कस्तुरी, मृग, हिउँचितुवा जस्ता वन्यजन्तु र पाँचऔँले, निरमसी, कुट्की, पदमचाल, यार्सागुम्बालगायत जडीबुटी पाउने गरिन्छ ।

आ’गला’गी फैलँदै जाँदा नजिकैको ताचै गाउँ जोखिममा परेको छ । ताचैमा ६० घरपरिवारको बसोबास रहँदै आएको छ । डेढ महिनामा मात्र प्रशासनको उपस्थिति देखिएको छ । स्थानीयवासीले हारगुहार गर्दासमेत प्रशासनले नसुनेको उनीहरू बताउँछन् । सोमबारमात्र प्रजिअ, नेपाली सेना, सशस्त्र प्र’हरी बल, नेपाल प्र’हरी र एक्यापका प्रतिनिधि आ’गलागी भएको क्षेत्रमा पुगेको छ । आ’गलागीले मानव बस्ती जोखिममा पर्ने अवस्था आएपछि मात्र प्रशासनले आफ्नो उपस्थिति देखाएको हो ।

स्रोत, साधन अभाव र भौगोलिक विकटताले आगो नियन्त्रणमा चुनौती थपिएको छ । स्थानीयवासी र सुुरक्षा निकायले स्याउलाको प्रयोग गरेर आगो नियन्त्रणको प्रयास गरिरहेका छन् । यसबाहेक सुरक्षा निकायसँग रहेको सामान्य साधनबाहेक अरू केही छैनन् । जसले आगो नियन्त्रणमा चुनौती थपिएको छ ।

प्रतिक्रिया