राष्ट्रपति ट्रम्पलाई हटाउन महाअभियोग नै लगाउनुपर्ने, हटाउने पक्षमा नरहेको अमेरिकी उपराष्ट्रपतिको जवाफ

admin

एजेन्सी, २९ पुस : अमेरिकी उपराष्ट्रपति माइक पेन्सले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बर्खास्त नगर्ने बताएका छन् । तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले २५औँ संशोधनको व्यवस्था सक्रिय पारेर राष्ट्रपतिबाट ट्रम्पलाई हटाउने पक्षमा रहे-नरहेको जानकारी दिन पठाएको पत्रको जवाफमा उपराष्ट्रपति पेन्सले आफू त्यसको पक्षमा नरहेको जानकारी गराएका समाचार संस्था रोयटर्सले जनाएको छ ।

यस्तै, बीबीसीले भने राष्ट्रपती ट्रम्पकै पार्टी रिपल्बिकनका कतिपय सिनेटरहरु पनि ट्रम्पलाई हटाउने अभियानमा जुट्न थालेका बताएको छ । प्रतिनीधि मण्डलमा रहेका वरिष्ठ रिपब्लिकन लिज चेनीले ट्रम्प विरुद्ध मतदान गर्ने घोषणा गरेका र डोमोक्र्याट्को अभियानमा अरु रिपब्लिकनले पनि साथ दिन थालेका बीबीसीको खबरमा उल्लेख छ ।

यसैबीच तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभमा राष्ट्रपतिमाथि महाअभियोगको प्रस्ताव दर्ता भएर मतदानको तयारी भइरहेका बेला उपराष्ट्रपतिले ट्रम्पलाई बर्खास्त नगर्ने बताएका हुन् । अब ट्रम्पलाई हटाउन महाअभियोग नै लगाउनुपर्ने छ ।

गएको बुधबार संसद भवनमा भएको हिं’सात्मक आ’क्रमणका लागि आफ्ना समर्थकलाई उक्साएको र वि’द्रोहको अवस्था निम्त्याएको अभियोग ट्रम्पमाथि छ । उपराष्ट्रपति पेन्सले तल्लो सदनलाई पठाएको पत्रमा कार्यकालको आठ दिन मात्रै बाँकी हुँदा राष्ट्रपतिलाई हटाउनु देशको हित र संविधानको व्यवस्था अनुकुल नहुने दावी गरेका खबरमा उल्लेख छ ।

प्रतिक्रिया