नेविसंघको प्रदर्शनमा प्र’हरी धरपकड, दुई दर्जनबढी नियन्त्रणमा

admin

काठमाडौं, पुस २९ : सरकारको विरोधमा काठमाडौंको मध्यबानेश्वरमा कपाल मुण्डन गर्दै प्रदर्शनमा उत्रिएका नेविसंघका दुई दर्जन नेता तथा कार्यकर्तालाई प्र’हरीले पक्रेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेर असंवैधानिक कदम चालेको भन्दै नेविसंघले प्रदर्शन गरेको थियो। कपाल खौरिएर प्रदर्शन थालेका उनीहरूलाई प्र’हरीले प’क्रेको हो।

प’क्राउ पर्नेमा नवराज त्रिपाठी, मनिष सिंखडा, अर्बत खड्का, सुशान्त तामाङ, प्रनिल तामाङ, करुणा सागर सिग्देल, सरोज थापा, राकेश शिवाकोटी पदमा भुषाल सगुन कँडेल, रोशन गुप्ता, प्रकाशमान साउद, कौशल काफ्ले, शनि अधिकारी, वासु काफ्ले, दिनेश कार्की, प्रशान्त कार्की लगायतका रहेका नेविसंघले जनाएको छ।

प्रधानमन्त्री केपी शर्मा आलीले पुस ५ गते संसद विघटन गरेसँगै देशका विभिन्न स्थानमा विरोध प्रदर्शन हुँदै आएको छ। नेपाली कांग्रसको भातृ संगठनले पनि नियमितजसो प्रदर्शन गर्दै आएको छ। आज उनीहरूले प्रतिगमनको अन्त्येष्टि गर्ने भन्दै कपाल मुण्डन गरेर जुलुस निकाल्ने तयारी गरेका थिए। त्यसै क्रममा उनीहरू प’क्राउ परेका हुन्।

प्रतिक्रिया