हिमालय एअरलाइन्सले चीनको ल्हासामा परीक्षण उडान सुरु गर्‍यो

admin

काठमाडौं, ६ माघ : नेपाल र चीनको संयुक्त साझेदारीमा सञ्चालित हिमालय एअरलाइन्सले चीनको ल्हासामा परीक्षण उडान सुरु गरेको छ । चीनको स्वशासित राज्य तिब्बतको धार्मिक र प्रशासनिक राजधानी ल्हासामा मंगलबार भएको परीक्षण उडान सन् २०२१ को ग्रीष्म ऋतुमा तालिकावद्ध उडानहरू सुरु गर्ने कम्पनीको व्यावसायिक योजनाको अनुरूप नै भएको एअरलाइन्सले जनाएको छ ।

मंगलबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रस्थान गरेको हिमालय एअरलाइन्सको जहाज ल्हासाको गोंगर अन्तर्राष्ट्रिय विमानस्थलमा सफलतापूर्वक अवतरण गरेको छ । एअरलाइन्सका सञ्चालक उपाध्यक्ष क्याप्टेन हाओ दीले वरिष्ठ क्याप्टेनहरुसहित परीक्षण उडानका चालक दलको नेतृत्व गरेका छन् । सन् २०१४ अगस्टमा एउटा विमान र एउटा गन्तव्यबाट सञ्चालन सुरु गरेको एअरलाइन्सले आफ्नो स्वामित्वमा चार वटा जहाजमार्फत सात वटा गन्तव्यमा उडान भर्दै आएको छ ।

प्रतिक्रिया