अब हरेक महिना भोटिङका आधारमा उत्कृष्ट खेलाडी छनौट

admin

काठमाडौं, १४ माघ : अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले अबदेखि हरेक महिना उत्कृष्ट खेलाडीको अवार्ड दिने भएको छ । हरेक महिना अन्तर्राष्ट्रिय क्रिकेटमा राम्रो प्रदर्शन गर्ने एक पुरुष र एक महिला खेलाडीलाई आइसीसीले ‘प्लेयर अफ दी मन्थ’को अवार्ड दिने भएको छ ।

आइसीसीले स्वतन्त्र भोटिङका आधारमा हरेक महिनाको उत्कृष्ट खेलाडीको घोषणा गर्ने भएको छ । जसमा पूर्व खेलाडी, ब्रोडकास्टर्स, पत्रकारको भोट रहनेछ । महिला र पुरुषमा शीर्ष तीन(तीन खेलाडीलाई मनोनयनमा राखिनेछ ।

उनीहरुको मैदानमा गरिएको प्रदर्शनका आधारमा मनोनयनमा राखिनेछ । सर्टलिष्टमा रहेका खेलाडीलाई भोटिङका आधारमा विजेता घोषणा गरिनेछ । भोटिङ एकेडेमीले सबै भोटलाई इमेलबाट पठाउनेछ । यो अवार्ड हरेक महिनाको पहिलो तारिखमा दिइने आइसीसीले जनाएको छ ।

प्रतिक्रिया