ओलीमा राजा बन्ने रहर जाग्दा देश अप्ठ्यारोमा पर्‍याे : प्रचण्ड

admin

रुपन्देहीको : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजा बन्ने रहर जाग्दा देश अप्ठ्यारोमा परेको बताउनुभएको छ ।

रुपन्देहीको बुटवलमा भएको आमसभामा प्रचण्डले नेपालमा दुई सय ४० वर्ष पुरानो राजतन्त्र हटेको अवस्थामा प्रधानमन्त्री ओलीलाई फेरि श्रीपेच लगाउने रहर जागेकैले संविधान मिचेको आरोप लगाउनुभयो । ओलीमा शक्तिको दम्भ चढेको र अबको केही महिनामा त्यो अन्त्य हुने प्रचण्डको दाबी छ ।

आलोपालो प्रधानमन्त्री बन्ने सहमति आफूले त्याग्दा त्यसैलाई कमजोरी ठानेर ओलीले मनलाग्दी गरेको प्रचण्डले बताउनुभयो । कार्यक्रममा अर्का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले कहिल्यै पनि साँचो नबोलेको र जालझेल मात्रै गर्न जानेको आरोप लगाउनुभयो ।

नेपालमा गणतन्त्र ल्याउने आन्दोलनलाई खिसिट्युरी गरेका ओलीले अहिले गणतन्त्रलाई नै धरापमा पार्ने काम गरेको नेता नेपालको भनाइ छ । निर्वाचन आयोगले पुरानै केन्द्रीय कमिटीलाई मान्यता दिएको र बहुमत आफ्नो पक्षमा रहेको माधवकुमार नेपालको जिकिर छ ।

प्रतिक्रिया