बाइडेन आएसँगै किन सक्रिय बने बेरी ?

admin

काठमाडौं, माघ १६ : पछिल्लो समय नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीको दौडधुप बाक्लिएको छ । नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले माघ ७ गते शपथ लिएसँगै अमेरिकाको भित्री र बाहिरी नीतिमा चलायमान देखिन थालेको हो ।

परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानका उपकार्यकारी निर्देशक तथा भूराजनीतिक मामिला विज्ञ रुपक सापकोटा चीनको उदय र पछिल्लो समय अन्तर्राष्ट्रिय शक्ति सन्तुलनमा फेरबदल आउन खोजिरहेको अवस्थालाई बाइडेन प्रशासनले प्राथपिमकतामा राखेको बताउँछन् ।

उनका अनुसार नेपाल र विश्वभरिकै चीनसँग नजिकको सम्बन्ध राखिराखेका मुलुकहरुसँग चीनभन्दा आफूहरु बढी लोकतान्त्रिक रहेको सन्देश दिँदै बाइडेन प्रशासनले बढी आर्थिक सहयोगको प्रत्याभूति दिन खोजेको देखिन्छ ।

नयाँ प्रशासन आए पनि हिन्द प्रशान्त क्षेत्रमा अमेरिकी चासो अझ बढ्ने देखिन्छ । अमेरिकी राजदूत बेरीको अहिलेको भेटवार्तालाई उक्त हिन्द प्रशान्त राणनीति कार्यान्वयनको एक महत्त्वपूर्ण पक्षको रुपमा हेरिएको छ ।

राजदूत बेरीले आफ्नो भेटवार्तामा जोड दिएको अर्को विषयमा अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को थियो । त्यस्तै, लामो समयदेखि नेपाल अमेरिकाको प्राथमिकतामा पर्नुको अर्को कारण हो, तिब्बत मामिला । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया