युरोपमा भाइरस नियन्त्रणका उपाय हटाउन हतार नगरियोस् : डब्ल्यूएचओ

admin

एजेन्सी, १६ माघ : विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) को युरोपेली शाखाले बिहीबार युरोपमा भाइरस नियन्त्रणका लागि लगाइएका प्रतिबन्ध कम गर्न अझै निकै हतार हुने बताएको छ । डब्ल्यूएचओका युरोपका क्षेत्रीय निर्देशक हान्स क्लुगले भजे, ‘डब्ल्यूएचओ युरोपेली क्षेत्रका ५३ देशमध्ये ३० देशमा गएको १४ दिनमा कोभिड-१९ संक्रमितको संख्यामा उल्लेखनीय ह्रास आएको तर अझै पनि यहाँको संक्रमण दर धेरै रहेको छ ।’

उनले भने, ‘कोभिड-१९ संक्रमण दर युरोपभरि अझै उच्च छ जसका कारण युरोपेली देशहरूको स्वास्थ्य प्रणालीलाई महामारीले प्रभावित पार्न सक्छ र सेवाहरूलाई तनावपूर्ण बनाउन सक्छ । त्यसैले संक्रमणका नियन्त्रणका लागि लगाइएका प्रतिबन्धलाई सहज बनाइहाल्नु गलत हुन सक्छ ।’

यो क्षेत्रको मात्रै तीन प्रतिशत जनसङ्ख्यामा यस पहिले संक्रमण पुष्टि भइसकेको छ । महामारीका कारण यसअघि नराम्रोसँग प्रभावित भएका क्षेत्रहरूमा संक्रमण फेरि फैलिनसक्ने जोखिम कायम रहने उनले बताए । डब्ल्यूएचओका अनुसार युरोपेली क्षेत्रमा रुस र धेरै मध्य-एसियाली देशहरू रहेका छन् । यस क्षेत्रका ३५ राज्यले खोप अभियान सुरु गरेका छन् ।

प्रतिक्रिया