आज चाँदीको मूल्य बढ्यो, सुन स्थिर कारोबार कतिमा ?

admin

काठमाडौं, १६ माघ : शुक्रबार चाँदीको मूल्य बढेको छ भने सुन स्थिर देखिएको छ । सुन बिहीबार जस्तै तोलामा ९२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजावी सुन तोलामा ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । यसैगरी शुक्रबार चाँदी तोलामा ४० रुपैयाँमा बढेर १२ सय ८५ रुपैयाँ पुगेको छ । बिहीबार चाँदीको मूल्य तोलामा १२ सय ४५ रुपैयाँ थियो ।

प्रतिक्रिया