हाम्रो प्राथमिकता निर्वाचन हो, हामी तयारी अवस्थामा छौं : सुवास नेम्वाङ

admin

काठमाडौं, १६ माघ : निर्वाचन आयोगले छलफलको लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली पक्ष र दाहाल-नेपाल पक्षलाई बोलाएपछि दुवै पक्ष आयोगको कार्यालय पुगेका छन् । तर, दुवै समूह छुट्टाछुट्टै समयमा आयोगको कार्यालय पुगेका हुन् ।

सुरुमा प्रचण्ड-नेपाल पक्षबाट नेताहरु सुरेन्द्र पाण्डे र लिलामणि पोखरेल पुगेका थिए । उनीहरुले आफ्ना अध्यक्षहरु उपत्यका बाहिर भएकोले र माघ १८ गते यता काठमाडौं नआउने भएकोले त्यसपछिमात्रै छलफलको लागि समय माग गरेका थिए ।

यता, प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय नेताहरू भने सुवासचन्द्र नेम्वाङको नेतृत्वमा आयोगको कार्यालय पुेका थिए । नेता नेम्वाङले आफूहरु चुनावको लागि तयारी अवस्थामा रहेको स्पष्ट पारेका थिए ।

प्रतिक्रिया