प्रधान सेनापति थापा र अमेरिकी राजदूत बेरीबीच भेटवार्ता

admin

काठमाडौं : प्रधान सेनापति पूर्णचन्द्र थापा र नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरीबीच शिष्टाचार भेटवार्ता भएको छ।

शुक्रबार जंगी अड्डामा भएको भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाका जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

यस्ता नियमित भेटवार्ताले दुई देशबीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्‍वास नेपाली सेनाले लिएको बताइएको छ।

प्रतिक्रिया