विद्युत् प्राधिकरणका चार कर्मचारी पाँच हजार घुससहित प’क्राउ

admin

काठमाडौं, माघ १६ : नेपाल विद्युत प्राधिकरणका चार जना कर्मचारीलाई घुस रकमसहित अख्तियारले प’क्राउ गरेको छ। धनुषाको सखुवा महेन्द्रनगरस्थित प्राधिकरणअन्तर्गत ढल्केबर फ्युज शाखामा कार्यरत ती चार जना कर्मचारीलाई सेवाग्राहीसँग पाँच हजार घुस रकम लिएको आरोपमा अख्तियारले समातेको हो।

प’क्राउ पर्ने कर्मचारीहरुमा सखुवा महेन्द्रनगर ढल्केबर फ्युजका पाँचौं तहका जगतनारायण शाह, तेस्रो तहका इलेक्ट्रेसियन यमकुमार महतो, ज्यालदारी प्राविधिक नवलकिशोर राउत तथा दोस्रा तहका मनोहर कुमार महतो रहेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबास महोत्तरीबाट खटिएको टोलीले शुक्रबार दिउँसो ३ बजे धनुषा मिथिला नगरपालिका–५ विश्रामपुरबाट उनीहरुलाई पक्राउ गरिएको आयोगको बर्दिबासस्थित कार्यलयका सूचना अधिकारी मनिराम ज्ञवालीले जानकारी दिए।

प’क्राउ परेका कर्मचारीले कुखुरा फर्ममा नयाँ मिटर जडान गरिदिने भन्दै सेवाग्राहीसँग घुस लिएका थिए। उनीहरूलाई भ्र’ष्टाचार निवारण ऐनअनुसार कारबाही गरिने उनले बताए।

प्रतिक्रिया