मैले नेतृत्व गरेकाे नेकपा अनुशासित पार्टी हाे : प्रधानमन्त्री ओली

admin

काठमाडौं, माघ १६ : प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अनुशासित भएको बताउनुभएको छ ।

शुक्रबार काठमाण्डाै महानगर कमिटीले आयोजना गरेकाे कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफू नेतृत्वकाे नेकपा अनुशासित पार्टी भएको बताउनुभएको हो ।

विगतमा पार्टीमा अराजकता निम्त्याउनेहरू पार्टीबाट बाहिर भएको भन्दै उहाँले नेकपा स्पष्ट दृष्टिकोणको साथ सुदृढ, एकताबद्ध र अनुशासित पार्टी बनेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले आफू नेतृत्वकाे नेकपाले देशलाई गलत बाटोमा जान नदिने पनि बताउनुभयो । आफ्नो पार्टी विजय यात्रामा अघि बढेको उहाँको भनाइ छ ।

प्रतिक्रिया