हामी उदाउँदो सूर्य हौँ, केपी ओली अस्ताउँदो हुन् : माधव नेपाल

admin

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी नेकपाको अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली देश विकासको पक्षमा नरहेको बताएका छन्। सुदूरपश्चिम प्रदेश कमिटीद्वारा आयोजित विरोधसभामा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

‘मान्छेलाई केही समय मूर्ख बनाउन सकिएला। तर, मानिसलाई सधैँ मूर्ख बनाउन सकिँदैन। देश र जनताको कुराको साथ पार्टीलाई अगाडि बढाउन चाहन्छौँ उनले भने, ‘समाजवादको दिशामा केन्द्रित भएको छ। ओली देश विकासको पक्षमा छैनन्।’

केपी ओलीको वरिपरि रहेका व्यक्तिहरू स्वार्थको झुण्ड मात्रै भएको आरोप लगाए। ‘ओलीले प्रचार गरेको कुरा एमाले एक हौँ भने कुरा गरिरहेका छन्। त्यो सबै भ्रम हो’ उनले भने, ‘ओली कम्युनिस्ट पार्टी सिध्याउने पक्षमा छन्। ओलीले ओरिजिनल एमाले हो। ओलीले जहिल्यै पनि पार्टीलाई समस्या पारिरहेका छन्।’

ओलीले जबजको गफ छाडेर हिँडेको बताए। ‘पूर्व-एमाले र माओवादी सकिएर नेकपा बनेको छ। पुरानो पार्टीमा कोही फर्कन सकिँदैन। ओलीले जति गफ हाने पनि गफको अर्थ छैन’ उनले भने, ‘निर्वाचन आयोगले ४४१ सदस्य आधिकारिक भएको बताइसकेको छ। सबैलाई सोध्नुहोस् झण्डै ३ सय हामीसँग छन्। एक सय पनि पुग्दैन। ओलीको नक्कली पार्टी हो।’

ओलीको पछि लागेर गएकाहरूको भविष्य नभएकाले फर्कन आग्रह गरे। सूर्य चिह्न आफ्नो पक्षमा हुने दाबी गरे। ओलीले चुनाव गराउने पक्षमा नरहेको जिकिर गरे। ‘केपी ओली एण्ड कम्पनीबाट मुक्त हुनुहोस्, ओली अस्ताउने सूर्य हुन्। हामी उदाउँदो सूर्य हौँ’ उनले भने, ‘संसद पुनःस्थापनासँगै ओलीको बर्हिगन हुन्छ।’

प्रतिक्रिया