आगलागीमा परेर दुई बालबालिकाको मृ’त्यु

admin

सोलुखुम्बु : मतानमा आ’गलागी हुँदा सोलखुम्बुको नेचासल्यान गाउँपालिका २ सल्यानमा दुई बालबालिकाको मृ’त्यु भएको छ। मृ’त्यु हुनेमा स्थानीय टेकप्रसाद निरौलाका नाति अन्दाजी ७ वर्षीय सुगम निरौला र नातिनी ४ वर्षीया सुदिस्मा निरौला हुन्।

वडा अध्यक्ष भेषकुमार बास्तोलाका अनुसार शनिबार (आज) दिउँसो २ बजे बालबालिकाले लाइटर खेलाउने क्रममा मतानमा आ’गो सल्किँदा उनीहरुको मृ’त्यु भएको हो। आगो अहिले नियन्त्रणमा आइसकेको छ भने श’वलाई घ’टनास्थलबाट बाहिर निकालिएको वडा अध्यक्ष बास्तोलाले जानकारी दिए।

घट’नास्थलमा जिल्ला प्र’हरी कार्यालय सोलुखुम्बुबाट प्र’हरी निरीक्षक महेन्द्र दर्नालको कमाण्डमा प्र’हरी प्रस्थान गरेको पहरी नायब उपरीक्षक कबित कटुवालले जानकारी दिए। घट’नाको थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया