प्रधानमन्त्री ओलीद्वारा सिटीहलको शिलान्यास, मेयर दाहालद्वारा बहिस्कार

admin

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले भरतपुर सिटीहलको शिलान्यास गरेका छन् । भरतपुर महानगरपालिका–१० स्थित बाइपास सडक नजीक सिटीहलको उनले आज शिलान्यास गरेका हुन् । सो कार्यक्रम भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले भने बहिस्कार गरिन् । ओलीले शिलान्यासको नाममा गुटको राजनीति गरेकाे भन्दै उनले बहिस्कार गरेकी हुन् ।



सिटीहल निर्माणका लागि भरतपुर महानगरपालिकाले जिल्ला समन्वय समितिको नामको जग्गा महानगरको नाउँमा ल्याएको थियो । सोही जग्गामा सिटीहल निर्माण थालिएको हो ।

उक्त शिलान्यास कार्यक्रममा प्रधानमन्त्री ओलीसहित गृहमन्त्री रामबहादुर थापा बादल, शहरी विकासमन्त्री प्रभु साह, भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ, वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललगायत सहभागी भएका थिए ।

प्रतिक्रिया