शनिबार १४ हजार ८ सय ९४ जनाले लगाए कोरोना खोप

admin

काठमाडौं : देशभर १ सय ४३ खोप केन्द्रबाट शनिबार १४ हजार ८ सय ९४ जनाले कोरोनाको खोप लगाएका छन्। प्रदेश १ मा १५ सय ४७, प्रदेश २ मा २१ सय १०, बागमती प्रदेशमा ५४ सय २, गण्डकीमा १८ सय ८७, लुम्बिनीमा २ हजार ६३, कर्णालीमा ९ सय ५५ र सुदूरपश्चिम प्रदेशमा ९ सय ३० व्यक्तिले खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

खाेप लगाउन सुरु गरिएकाे आज चौथो दिनसम्म खाेप लगाउनेकाे संख्या ६४ हजार ४ सय २२ पुगेकाे छ। खोप लगाएर असर गरेको भनेर विभिन्न सञ्चारमाध्यममा आएका समाचारप्रति स्वास्थ्य मन्त्रालयले आपत्ति जनाएको छ।

दोलखामा खोप लगाएकाहरु धमाधम बिरामी भएको भन्ने समाचार सार्वजनिक भएपनि त्यस्तो केही पनि समस्या नभएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। खोपसम्बन्धी समाचार आधिकारीक रुपमा पुष्टि गरेर मात्र प्रकाशन गर्न मन्त्रालयले विज्ञप्तिमार्फत् अनुरोध गरेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू