काठमाडौंको बिहानको तापक्रम १ दशमलव ८ डिग्री सेल्सियस

admin

काठमाडौं,माघ १८ : काठमाडौंमा आज बिहानको न्यूनतम् तापक्रम १ दशमलव ८ डिग्री सेल्सियस रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाअनुसार दिउँसोको अधिकतम् तापक्रम १७ देखि १९ डिग्री सेल्सियसकाबीच रहने अनुमान गरिएको छ ।

काठमाडौको सामान्यतया मौसम सफा रहने महाशाखाले जनाएको छ । आज प्रदेश न १ को पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा सामान्यतया मौसम सफा रहने छ ।

प्रदेश १ को उच्च पहाडी तथा हिमाली भुूभागका एक दुई स्थानमा हल्का हिमपाको संभावना रहेको महाशाखाले जनाएको छ । आज बिहान सूर्योदय ६ बजेर ५१ मिनेटमा भयो भने सूर्यास्त साँझ ५ बजेर ४४ मिनेटमा हुनेछ ।

प्रतिक्रिया