काठमाडौंका दुई ठाउँमा दु’र्घटना, दुईजनाको मृ’त्यु

admin

काठमाडौं : काठमाडौं उपत्यकामा गएराति भएका छुट्टा छुट्टै दु’र्घटनामा परी दुई जनाको मृ’त्यु भएको छ। गोंगवु नयाँ बसपार्क विजी मल अगाडी मोटरसाईकलको ठक्करबाट एक महिलाको मृ’त्यु भएको महानगरिय ट्राफिक प्र’हरी महाशाखाले जनाएको छ।

बा ८७ प ७०९२ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री लमजुङकी ५६ वर्षीय सुनमाया गुरुङको मृ’त्यु भएको हो।

यस्तै कागेश्वरी मनहरा नगरपालिका हरहर महादेवबाट मुलपानीतर्फ गइरहेको बा ९३ प ३३१० नम्बरको मोटरसाइकल अमरिंह चोकमा एउटा घरको भित्तामा ठोक्किएर दु’र्घटना हुँदा चालक सिन्धुली घर भई भक्तपुरको राधेराधे बस्ने ३१ वर्षीय निराजन बरालको मृ’त्यु भएको छ।

दु’र्घटनामा घा’ईते भएका बरालको ट्रमा सेन्टरमा उपचारका क्रममा गएराति १० बजे मृ’त्यु भएको प्र’हरीले जनाएको छ।

विपरीत दिशाबाट लेन मिचेर आएको बा ५ ख ४०७३ नम्बरको टिपरलाई साइड दिन खोज्दा मोटरसाइकल घरको भित्तामा ठो’क्किएको थियो। टिप्पर चालकलाई प्र’हरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया