मनाङ तीन बस्तीमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेन

admin

मनाङ, १८ माघ : मनाङको नासो गाउँपालिकाको तीन वटा वडाका बस्तीमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । वडा नम्बर ६ बाट लागेको आगो अहिले सात र आठ नम्बर वडामा फैलिरहेको गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले जानकारी दिए ।

आगो निभाउने टोली आगलागी प्रभावित क्षेत्रमा पुगेको भए पनि ठूल्ठूला भीर भएकाले निभाउन समस्या भएको उनको भनाइ छ । अध्यक्ष घलेकाअनुसार आगो निभाउन नसकिने अवस्था भएपछि सदरमुकामबाट गएको टोलीसमेत फर्किएको छ ।

उनकाअनुसार गाउँभन्दा तल पाखो रहेकाले आगो नियन्त्रणमा लिन नसके बस्तीमा फैलिने डर छ । गएको मंसिर ११ गतेदेखि लागेको आगो निभ्न नपाउँदै नासो गाउँपालिकाका जङ्गलमा आगो लागेको हो ।

प्रतिक्रिया