दश लाखसहित दुबई जान लागेका आशिष विमानस्थलबाट पक्राउ

admin

काठमाडौं, १८ माघ : दश लाख रुपैयाँ दुबई लैजान खोज्ने एक जना त्रिभुवन विमानस्थलबाट पक्राउ परेका छन् । नेपाल एअरलाइन्सको उडानबाट दुबई जान लागेका काठमाडौंको कलङ्की घर भएका आशिष खातीलाई विमानस्थलको एक्सरे क्षेत्रबाट स्रोत नखुलेको १० लाख रुपैयाँसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

खातीको साथमा रहेको १० लाख रुपैयाँको स्रोत नखुलेको र अवैध रूपमा विदेश लैजान लागेको गरि दुई वटा कसुर देखिएको प्रहरीले जनाएको छ । उनलाई थप कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा बुझाइएको विमानस्थल प्रहरीले जनाएको छ ।

प्रतिक्रिया