काभ्रेकाे सेल्फिडाँडामा सुमो दु’र्घटना: १० जना घा’इते, एकको अवस्था गम्भिर

admin

काभ्रे, माघ १८ : काभ्रे जिल्लाको बिपि राजमार्ग अन्तर्गत नमोबुद्ध नगरपालिका वडा नं २ को सेल्फिडाँडामा सुमो र मोटरसाइकल दु’र्घटना हुँदा १० जना घा’ईते भएका छन् । दु’र्घटना आज दिउँसो १ः३० बजे भएको जिल्ला प्र’हरी कार्यालय काभ्रेले जनाएको छ ।

काठमाडौबाट सिन्धुलीतर्फ जाँदै गरेको ज १ ञ २३३ नम्बरको सुमो र धरानबाट काठमाडौ जाँदै गरेको प्रदेश ०२–००–१–प९७४५ नम्बरको मोटरसाइकल जु’धेर दु’र्घटना भएको जिल्ला प्रह’री कार्यालयका काभ्रेका सूचना अधिकारी कुमार बिक्रम थापाले जानकारी दिए ।

उनका अनुसार सुमो र मोटरसाइकल एकआपसमा जु’धेर दु’र्घटना हुँदा सुमो सडकबाट झन्डै पाँच सय मिटर तल खसेको थियो । दु’र्घटनामा परी सुमोमा सवार ८ जना यात्रु र मोटरसाइकलमा रहेका दुई जना गरि १० जना घा’इते भएको जिल्ला प्रह’री कार्यालय काभ्रेको जानकारी छ ।

घा’इतेको सशस्त्र प्रहरी बल १५ नंवर गणका इन्स्पेक्टर सुवास भट्टराईको नेतृत्वको टोलीले उ’द्धार गरि उपचारका लागि धुलिखेल अस्पताल पठाएको छ । घाइतेमध्ये सुमो चालकको अवस्था गम्भिर रहेको कार्यालयका सूचना अधिकारी थापाले बताए ।

प्रतिक्रिया