कमल पोखरी परिसरभित्रका भवनहरु भत्काइयो

admin

काठमाडौं, माघ १८ : सिमसार कमल पोखरी परिसरभित्र रहेको भवनहरु काठमाडौं महानगरपालिकाले भत्काएको छ ।आइतबार डोजर प्रयोग गरेर कमलपोखरी स्पोर्टस् क्लब, र राधे–राधे सत्संग् भवन भत्काइएको हो ।

साथै पोखरी परिसरभित्र रहेको महानगरीय प्र’हरी वृत्तको भवन पनि भत्काइको छ । कमलपोखरी पुनःनिर्माण गर्ने योजनाअनुरुप भवनहरु भत्काएको महानगरपालिकाले जनाएको छ ।

विनासूचना भवनहरु भत्काएको भन्दै क्लवका पदाधिकारी र प्रहरीले आपत्ति जनाएको छ । भवनहरु भत्काउँ कसैले पनि कोठाबाट सामानहरु निकाल्न पाएनन् ।

प्रतिक्रिया