आज पनि बढ्यो सुनचाँदीको मूल्य, कारोबार कतिमा ?

admin

काठमाडौं, १९ माघ : सुनको मूल्य सोमबार तोलामा ५ सय रुपैयाँ बढेको छ । सुन सोमबार तोलामा ९२ हजार ६ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सुनको मूल्य आइतबार तोलामा ९२ हजार १ सय रुपैयाँ तोकिएको थियो ।

यस्तै, महासंघका अनुसार सोमबार तेजाबी सुनको मूल्य पनि तोलामा पाँच सय बढेको छ । आइतबार ९१ हजार ६०० मा कारोबार भएको तेजाबी सुन सोमबार ९२ हजार १०० मा कारोबार भइरहेको छ ।

यसैगरी चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य सोमबार एकैदिन तोलामा ८० रुपैयाँ बढेर तोलाको १४ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रतिक्रिया