दाहालविरूद्ध अपहेलनाको मुद्दा दर्ता

admin

काठमाडौं, १९ माघ : नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरूद्ध अदालतमा अपहेलनाको मुद्दा दर्ता भएको छ । अधिवक्ता समिर हायूले मुद्दा दर्ता गरेका हुन् । मुद्दाको पेसी मंगलबारका लागि तोकिएको छ ।

गएको शुक्रबार विराटनगरको सभामा दाहालले दिएको अभिव्यक्तिले अदालतको अपहेलना भएको भन्दै अधिवक्ता हायूले मुद्दा दर्ता गरेका सर्वोच्चका प्रेस विज्ञ किशोर पौडेलले बताए ।

दाहालले सम्बोधनका क्रममा शान्ति र न्यायका लागि जसले त्याग र बलिदान गर्यो उसैलाई निमेट गर्ने र अपमान गर्ने काम भएको बताएका थिए । प्रधानमन्त्री ओलीले गरेको प्रतिनिधिसभा विघटनविरूद्धको मुद्दामा अहिले सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ ।

प्रतिक्रिया