उपप्रधानमन्त्री पोखरेलमाथि प्रचण्ड-नेपाल समूहद्वारा कालो झण्डा देखाउने क्रममा गाडी तोडफोड

admin

नुवाकोट, १९ माघ : नेकपा प्रधानमन्त्री केपी शर्मा ओली पक्षका सचिवालय सदस्य एवम् उपप्रधानमन्त्री तथा नेकपा ओली समूहका नेता ईश्वर पोखरेल चढेको गाडी तोडफोड भएको छ । प्रचण्ड-नेपाल समूहका कार्यकर्ताले कालो झण्डा देखाउने क्रममा पोखरेल चढेको गाडी तोडफोड गरेका हुन् ।

उपप्रधानमन्त्री पोखरले सोमबार नुवाकोटमा एक कार्यक्रममा सहभागी हुनेक्रममा ओली र प्रचण्ड-नेपाल समूहबीच झडप भएको हो । पोखरेललाई नुवाकोटमा प्रचण्ड-नेपाल समूहका कार्यकर्ताले ढुंगामुढा तथा कालो झण्डा देखाएका थिए । नुवाकोटको बट्टारमा ओली पक्षले राखेको कार्यक्रममा सहभागी हुन पुगेका पोखरेल लगायतका नेताहरुलाई प्रचण्ड-नेपाल समूहले कालो झण्डा देखाएका हुन् ।

नुवाकोटको कार्यक्रमको विरोधका लागि उनीहरुले विरोध गर्दै कालो झण्डा देखाएपछि प्रहरीले सचेत गराउन खोज्दा सामान्य झडप भएको थियो । प्रहरीसँगको झडपमा केही प्रदर्शनकारी सामान्य घाइते भएको जनाइएको छ ।

प्रदर्शनकारीले ढुंगामुढा गर्दा २ वटा सरकारी गाडीमा क्षति पुगेको छ । नुवाकोटको बट्टारमा ओली पक्षद्वारा राखिएको सभामा पोखरेलसहित ऊर्जामन्त्री टोपबहादुर रायमाझी, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाललगायतले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

प्रतिक्रिया