माधव नेपाल : जोसँग एक चौथाइ केन्द्रिय सदस्य छैनन्, उसले आधिकारिक भन्न मिल्छ ?

admin

काठमाडौं, १९ माघ : नेकपा प्रचण्ड-नेपाल पक्षका अध्यक्ष माधव नेपालले पार्टी विभाजित नभएको बताएका छन् । उनले पार्टीमा गुटगत गतिविधि गरेका कारण केपी ओलीलाई कारबाही मात्रै गरिएको बताए । सोमबार प्रचण्ड-नेपाल समूहको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै नेपालले आफूहरुको बैठक विधान बमोजिम सुरु भएको पनि बताए ।

उनले केपी ओलीको पक्षमा एक चौथाइ केन्द्रीय सदस्य नभएको पनि बताए । ‘जोसँग एक चौथाइ केन्द्रिय सदस्य छैनन्, उसले आधिकारिक भन्न मिल्छ ?’, नेपालले भने । केपी ओलीले जथाभावी गुटगत क्रियाकलाप गरेपछि पार्टीमा गम्भीर संकट आएको तर पार्टी विभाजित भने नभएको उनको जिकिर थियो ।

उनले मुल पार्टी आफूहरु नै रहेको पनि बैठकमा बताए । उनले पार्टीमाथि दागा नधर्न र आँखा नलगाउन पनि केपी ओलीलाई चेतावनी दिए । उनले पार्टी एकता गर्दा भएको सहमति ओलीले पालना नगरेको पनि आरोप लगाए । बैठक प्रचण्डको अध्यक्षतामा सुरु भएको हो ।

प्रतिक्रिया