प्रधानमन्त्रीद्वारा उद्घाटन, देशकै ठूलो ढल्केबर सब-स्टेशन

admin

धनुषा, १९ माघ : धनुषाको ढल्केबरमा देशकै ठूलो चार सय सय केभीको सब-स्टेशनको उद्घाटन भएको छ । ढल्केबरमा भएको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सब-स्टेशनको उद्घाटन गरेका हुन् । सरकार र विद्युत् प्राधिकरणको संयुक्त लगानीमा सब-स्टेशन निर्माण भएको हो । चार सय केभी सब-स्टेशनबाट झण्डै नौ सय मेगावाट विद्युत् चार सय केभी र दुई सय २० केभीमा आदानप्रदान गर्न सकिन्छ ।

चार सय केभी प्रसारण लाइनमार्फत् भारतसँग झण्डै एक हजार मेगावाटसम्म विद्युत् आदानप्रदान गर्न सकिने र हेटौँडादेखि इनरुवासम्म बन्दै गरेको चार सय केभी प्रसारण लाइनको निर्माण सकिएपछि झण्डै दुई हजार मेगावाटसम्म विद्युत् हेटौँडातर्फ र दुई हजार मेगावाट विद्युत् इनरुवातर्फ आदानप्रदान गर्न सकिने क्षमता तयार हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

नेपाल-भारतबीच विद्युत् आदानप्रदान गर्न अब ढल्केबर सब-स्टेशन उपयुक्त माध्यम बनेको प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले जानकारी दिए । प्राधिकरणले २२ करोड ४३ लाखको लगानीमा सब-स्टेशन बनाएको हो । गएको कात्तिक २६ गते नै सब-स्टेशन पूर्णरूपमा चार्ज गरिएको थियो ।

विक्रम संवत १९६७ मा फर्पिङ पावर हाउसपछि पहिलो पटक ४ सय केभी सब-स्टेसन निर्माण सकिएर ढल्केबर-मुजफ्फरपुर (भारत) लाइनसहित सञ्चालनमा आएको हो । सब-स्टेसनमा ३१५ एमभीए क्षमताका तीनवटा ४००/२२० केभी ट्रान्सफर्मर र ८० एमभीए क्षमता भएको एउटा ४ सय केभी रियाक्टर जडित छ । ४ सय केभी सब-स्टेसनबाट करिब ९ सय मेगावाट विद्युत् ४ सय केभी र २ सय २० केभीमा आदानप्रदान गर्न सकिन्छ ।

प्राधिकरणले निकालेको प्रेस नोटमा ४ सय केभी प्रसारण लाइनमार्फत भारतसँग करिब १ हजार मेगावाटसम्म विद्युत् आदानप्रदान गर्न सकिने र हेटौंडादेखि इनरुवासम्म बन्दै गरेको ४ सय केभी प्रसारण लाइनको निर्माण सकिएपछि करिब २ हजार मेगावाटसम्म विद्युत् हेटौंडातर्फ र २ हजार मेगावाट विद्युत् इनरुवातर्फ आदानप्रदान गर्न सकिने क्षमता तयार हुनेछ ।

प्रतिक्रिया