काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी चुनाव एक दिन पनि पर नसर्ने बताउनु भएको छ । धनुषाको ढल्केवरमा सोमबार देशकै सबैभन्दा ठूलो विद्युतीय सव–स्टेशन उद्घाटन गर्दै उहाँले निर्वाचन आयोग तयारीमा जुटेकाले धनुषामा बैशाख १७ गते नै चुनाव हुने जिकिर गर्नुभयो ।
दाहाल–नेपाल समूहतर्फ ईङ्कित गर्दै प्रधानमन्त्री ओलीले पार्टीभित्र उपद्रो गरेर, सरकारलाई गाली गरेर पार्टी चल्छ, भन्दै प्रश्न गर्नुभयो । पशुपतिमा १ सय ५१ किलोको सुनको जलप हालिदिन्छु भन्दा विरोध गरेकोप्रति उहाँले आपत्ति जनाउनुभयो ।
प्रधानमन्त्री ओलीले नयाँ कामको लागि पूरानो परम्परा भत्काउनु पर्ने जिकिर गर्नुभयो । उहाँले आफूलाई मधेशविरोधी भनेर प्रचार गर्नेहरूमध्ये कतिले डोम, चमार र दुसाधको छोरालाई काखमा राख्यो भन्दै प्रश्न गर्नुभयो । प्रधानमन्त्री ओलीले मधेशमा सडक र सिंचाइको राम्रो व्यवस्था आफ्नै पालामा भएको जिकिर गर्नुभयो ।