निर्वाचन आयोगमा जाँदै, प्रचण्ड-नेपाल समूहका शीर्ष नेताहरु

admin

काठमाडौं, २० माघ : नेपाल कम्युनिस्ट पार्टी नेकपाको आधिकारिकता दाबी गर्न प्रचण्ड–नेपाल समूहका शीर्ष नेताहरु निर्वाचन आयोगमा जाने भएका छन् । अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसहितको टोली आयोग जान लागेको नेता लिलामणि पोखरेलले जानकारी दिएका छन् ।

उनका अनुसार आवश्यक कागजपत्रसहित अध्यक्षद्वयसहितको टोली आयोग जान लागेको हो । सोमबार बसेको प्रचण्ड-नेपाल समूहको चौथो केन्द्री समितिको बैठकले आयोगमा आधिकारिकता दाबी गर्न पत्रसहित जाने निर्णय गरेको थियो । सोही अनुरुप राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ अनुसार आधिकारिता दाबी गर्ने नेकपाका नेताहरुले बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनसँगै दुई खेमामा विभाजित नेकपाको प्रचण्ड-नेपाल समूहले अध्यक्षबाट केपी शर्मा ओलीलाई हटाएर माधवकुमार नेपाललाई चयन गरेको छ भने महासचिव विष्णु पौडेलको जिम्मेवारी खोसेको छ ।

यसअघि ओली र दाहाल नेपाल दुवै पक्षले राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार विवरण अध्यावधिक गर्न आयोगलाई पत्र लेखेपनि आयोगले दुबै पक्षको निर्णय अस्वीकार गर्दै नेकपा विभाजन नभएको जनाएको थियो । आयोगको उक्त निर्णयको आलोचना हुँदै आएको छ ।

प्रतिक्रिया