आज सुनचाँदीको कारोबार कतिमा ?

admin

काठमाडौं, २० माघ : मंगलबार सुनको मूल्य स्थिर छ भने चाँदीको मूल्य घटेको छ । आइतबार १०० रुपैंयाँले बढेको सुन सोमबार ५०० ले बढेको थियो । सुन मंगलबार प्रतितोला ९२ हजार ६०० रुपैंयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजावी सुनको मूल्य ९२ हजार १०० रुपैंयाँ रहेको छ । यता चाँदीको मूल्य भने मंगलबार २० रुपैयाँले घटेको छ । चाँदी मंगलबार १ हजार ३८० रुपैंयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदीको मूल्य ८० रुपैयाँले बढेको थियो ।

गत साता नेपाली बजारमा सुनको मूल्य घटबढ रहिरह्यो । सुन आइतबार ३ सयले घटेको थियो । सोमबार २ सयले घटेको सुन मंगलबार ४ सयले बढेको थियो । बुधबार सुन ७ सयले घटेको थियो । सुन बिहीबार प्रतितोला १ सयले घटेको थियो भने शुक्रबार स्थिर रहेको थियो ।

प्रतिक्रिया