अमेरिकामा भारी हिमपातका कारण खोप अभियानसमेत प्रभावित

admin

एजेन्सी, २० माघ : अमेरिकाको पूर्वी क्षेत्रमा भारी हिमपात हुँदा जनजीवन प्रभावित भएको छ ।  हिमपातका कारण न्यूयोर्क र न्यूजर्सी राज्य धेरै प्रभावित भएका छन् । न्यूयोर्क सिटी र न्यूजर्सीमा आपतकालको घोषणा गरिएको छ ।

अमेरिकाको राष्ट्रिय मौसम सेवा विभागले हिउँ आँधी न्यू इङ्ग्ल्यान्डतर्फ मोडिने जनाएको छ । हिमपातपछि न्यूजर्सीमा बस तथा रेल सेवा बन्द भएको छ भने न्यूयोर्कमा हवाइ सेवासमेत प्रभावित भएको छ । यस्तै, कोरोना भाइरसविरुद्धको खोप अभियान पनि भारी हिमपातका कारण प्रभावित भएको बीबीसीले जनाएको छ ।

प्रतिक्रिया