आज नेप्से ६५.४९ अङ्कले बढ्यो

admin

काठमाडौं, २० माघ : शेयर बजार परिसूचक नेप्से मंगलबार साढे ६५ अङ्कले बढेको छ । होटलबाहेक अरू सबै समूहको शेयर बढेपछि नेप्से ६५ दशमलव ४९ अङ्कले बढेर २४ सय ७३ दशमलव ७३ विन्दुमा पुगेको हो ।

बैंक, जलविद्युत् र होटल समूहको शेयर ३३ अङ्कले, निर्जीवन बीमा कम्पनीको शेयर ६ सय २६ अङ्कले, उत्पादनको ६१, अन्यको ८०, माइक्रोफाइनान्सको १ सय ५२ र जीवन बीमा समूहको शेयर ५ सय ५२ अङ्कले बढेको छ ।

मंगलबार दुई सय कम्पनीका एक करोड ५४ लाख ९९ हजार कित्ता शेयर आठ अर्ब ६७ करोड ५६ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको ५८ करोड ८७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

मंगलबार १६ वटा कम्पनीका लगानीकर्ताले नौ प्रतिशतभन्दा धेरैका दरले कमाएका छन् । समग्र बजार बढे पनि ओरियन्टल होटलका शेयरधनीले चार प्रतिशतभन्दा धेरै गुमाएका छन् ।

प्रतिक्रिया