आज सुनचाँदीकै मूल्य घट्यो, कारोबार कतिमा ?

admin

काठमाडौं, २१ माघ : सुनको मूल्य बुधबार तोलामा ६ सय रुपैयाँले घटेको छ । मंगलबार र सोमबार तोलामा ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन बुधबार घटेर ९२ हजार रुपैयाँमा झरेको छ ।

यस्तै तेजावी सुन तोलामा ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । यसैगरी बुधबार चाँदीको मूल्य पनि तोलामा ६० रुपैयाँले घटेर १३ सय २० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार चाँदीको मूल्य तोलामा १३ सय ८० रुपैयाँ थियो ।

प्रतिक्रिया