दुई वटा कम्पनीले सर्वसाधारणका लागि सेयर जारी गर्दै, कति कित्ता भर्ने ?

admin

काठमाडौं, २१ माघ : पछिल्लो समय आईपीओ प्रति सर्वसाधारणको आकर्षण बढी रहेको छ । माघमा दुई वटा कम्पनीले सर्वसाधारणका लागि सेयर जारी गर्दैछन् । ग्रीन लाइफ हाइड्रोपावरको आईपीओ यही माघ २३ गतेदेखि खुल्दै छ । कम्पनीले कुल ३४ लाख ९६ हजार ४ सय कित्ता सेयर निष्कासन गर्न लागेको हो ।

म्युचुअल फण्ड र कर्मचारीका लागि छुट्याएपछिको बाँकी ३२ लाख ५१ हजार ६५२ कित्ता सर्वसाधारणका लागि बाँडफाँड हुनेछ । माघ २३ देखि छिटोमा २७ सम्म आवेदन दिन सकिनेछ । यसमा न्यूनतम १० देखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ ।

यता महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले यही माघ २८ गतेदेखि सर्बसाधारणको लागि साधारण सेयर (आईपीओ) बिक्रि खुला गर्नेछ । कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यको ४ लाख कित्ता सेयर बिक्री गर्न लागेको हो ।

यो आईपीओ खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्म आवेदन दिन सकिनेछ । महिला लघुवित्तको आईपीओमा छिटोमा फागुन २ गते र ढिलोमा फागुन १२ गतेसम्म आवेदन दिन सकिनेछ ।

प्रतिक्रिया