काठमाडौं, २१ माघ : नेकपा प्रचण्ड-नेपाल समूहले (भोलि) बिहीबार आम हड्तालको घोषणा गर्ने भएको छ । पूर्वनिर्धारित आन्दोलनको कार्यक्रम परिमार्जित गर्दै आम हड्ताल घोषणा गर्ने तयारी भएको सो पक्षका एक शीर्ष नेताले जानकारी दिए ।
एक नेताका अनुसार पत्रकार सम्मेलन आन्दोलनका कार्यक्रम घोषणा गरिनेछ । संवैधानिक निकायहरुमा जबर्जस्ती नियुक्ति गरेको भन्दै प्रचण्ड-नेपाल समूहले आम हड्ताल घोषणा गर्ने निर्णय गरेको हो ।