‘फ्रि भिसा फ्रि टिकट’ कार्यान्वयनको माग गर्दै, प्रधानमन्त्रीलाई ज्ञापनपत्र

admin

काठमाडौं, २१ माघ : फ्रि भिसा फ्रि टिकट नियम पूर्णरुपमा कार्यान्वयनको माग गर्दै आप्रवासी कामदार हकहित संरक्षण केन्द्र सर्लाहीले जिल्ला प्रशासन कार्यालय सर्लाहीमार्फत प्रधानमन्त्रीको कार्यालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र श्रम विभागमा ज्ञापनपत्र बुझाएको छ ।

वैदेशिक रोजगार व्यवसायीबाट भइरहेको ठगी नियन्त्रण गर्न, बीमाको नाममा भइरहेको ठगी रोक्न, कोभिड-१९ तथा अन्य कारणले वैदेशिक रोजगारीका क्रममा विदेशमा अलपत्र परेकालाई उद्धार गर्न, र विदेशमा मृत्यु भएकाहरुको शव तत्काल नेपाल ल्याउन माग गर्दै केन्द्रले ५ बुँदे ज्ञापन पत्र बुझाएको हो ।

ज्ञापन पत्र बुझ्दै जिल्ला प्रशासन कार्यालय सर्लाहीका राम प्रमोद यादवले आफू आप्रवासी हकहित संरक्षण केन्द्रको मागहरुप्रति सकारात्मक रहेको र यसको कार्यान्वयनका लागि सम्बन्धित निकायमा पहल गर्ने बताएका छन् । आप्रवासी हकहित संरक्षण केन्द्र सर्लाहीले सुरक्षित वैदेशिक रोजगारीको लागि विभिन्न समयमा सरकारको ध्यानाकर्षण गराउँदै आएको छ ।

प्रतिक्रिया