काठमाडौं, २१ माघ : शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले नेकपा (एमाले)का तत्कालिन महासचिव स्व. मदन भण्डारीको एक अडियो सार्वजनिक गरेका छन् । भण्डारीले त्यतिबेला गरेको चुनावी भाषणलाई गलत अर्थ लाग्ने गरी मन्त्री श्रेष्ठले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन् ।
२५ सेकेन्डको अडियोमा भण्डारीले ‘मैले के भनेको थिएँ भने राजा रहने परम्परालाई कायम राखेर पनि जनता र प्रजातन्त्रलाई सर्वशक्तिमान बनाउने कुरालाई ग्यारेन्टी गरिन्छ भने यो ठूलो आपत्तिको कुरा हुने छैन, किन ठूलो आपत्तिकको कुरा हुने छैन भने कुनै पनि मुलुकमा राष्ट्रपति चाहिन्छ’ भनेको सुनिन्छ ।
काठमाडौं, चाबहिलमा आयोजित सभामा स्व। भण्डारीले गरेको भाषणको अडियोको गलत अर्थ लाग्ने अंशमात्रै मन्त्री श्रेष्ठले सार्वजनिक गरेका हुन् । उक्त भाषणमा भण्डारीले राजतन्त्र एक नम्बर शत्रु भएको बताएका थिए ।
नेकपा ओली समूहले नारायणहिटी दरबार अगाडि माघ २३ गते आयोजना गरेको सभाको प्रचार सामग्रीमा प्रधानमन्त्री केपी शर्मा ओली र भण्डारीको तस्वीरसहित यो अडियो राखेका हुन् ।
मन्त्री श्रेष्ठले फेसबुकमा राखेको अडियो सुन्नुहोस् !
https://www.facebook.com/100001122441017/videos/3674362229277822/