बुधबारसम्म १ लाख ४५ हजार ८४४ जनाले लगाए कोभिडविरुद्धको खोप

admin

काठमाडौं : बुधबारसम्म देशभर ७७ जिल्लाको २०१ खोप केन्द्रबाट १ लाख ४५ हजार ८४४ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन्। आठौं दिन १७ हजार १९४ जनाले खोप लगाएका हुन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पहिलो दिन ९ हजार ८४, दोस्रो दिन १९ हजार ६४८, तेस्रो दिन १७ हजार ४६५, चौथो दिन १४ हजार ८९४, पाँचौ दिन २३ हजार ५८५, छैटौं दिन २५ हजार १६८ र सातौं दिन १५ हजार ४७५ जनाले खोप लगाएका थिए।

प्रदेश १ मा २० हजार १५५, प्रदेश २ मा १९ हजार ६६३, बागमती प्रदेशमा ५० हजार ७५०, गण्डकी प्रदेशमा १६ हजार ४९५, लुम्बिनीमा २१ हजार ४५४, कर्णालीमा ७ हजार ३२६ र सुदूरपश्चिममा १० हजार १ जनाले खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

भारतले सरकारले अनुदानमा दिएको १० लाख डोज खोप कोरोनाविरुद्ध फ्रन्टलाइनमा खटिनेलाई १० दिनभित्र लगाइसक्ने सरकारको योजना छ।

पहिलो चरणमा स्वास्थ्यकर्मी, सफाइकर्मी, कैदीबन्दी र वृद्धाश्रममा रहेका ज्येष्ठ नागरिकलाई खोप लगाइने भएको हो। भारतको सिरम इन्स्टिच्युटबाट निर्मित ‘कोभिसिल्ड’ खोप गत १४ गते देखि लगाउन सुरु गरिएको हो।

प्रतिक्रिया