प्रचण्डका आफ्नाहरुले लुट्न पाएनन् भनेर गरिएको बन्दको प्रतिकार गराैँः संयोजक पाैडेल

admin

काठमाडाैँ, २१ माघ : राष्ट्रिय युवा संघका संयोजक रमेश पाैडेलले नेकपाको पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले आफ्नाहरुले लुट्न पाएनन् भनेर गरेको नेपाल बन्दको प्रतिकार गर्न अपिल गरेका छन ।

सामाजिक सञ्जाल मार्फत संयोजक पाैडेलले पद, प्रतिष्ठा र कुर्सी पाईएन र आफ्नाहरुले लुट्न पाएनन् भनेर प्रचण्ड-माधवले गरेको बन्द जनतालाइ सास्ती दिन गरिएको कारण प्रतिकार गर्न अनुरोध गरेका छन । संयोजक पाैडेलले भनेका छन ‘सर्वसाधारण जनतालाई सास्ती हुने बन्द , हडताल तथा चक्काजाम जस्ता गतिविधि जस्ले जे सुकै प्रयोजनका लागि गरेको भएता पनि यो नितान्त गलत छ ।

राजनीतिमा पराजित भएपछि मानिसहरू अपराधीक र जनतालाई सास्ती दिने कार्यमा लाग्छन भन्ने कुरा यस्ता हर्कतले पुष्टि गरेको छ । तसर्थ, खुलेर आम हडतालको प्रतिरोध गर्दै सम्पुर्ण पक्षलाई सर्वसाधारण जनताको पक्षमा उभिन हार्दिक अपिल गर्दछु ।’

प्रतिक्रिया