सर्लाही : नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड-नेपाल समूहका केन्द्रीय सदस्य एवं सर्लाही इन्चार्ज डाचाराज वाग्लेको मोटरसाइकल दुर्घ’टनामा परेर ज्यान गएकाे छ । बरहथबामा भएको नेकपाको मसाल जुलुस सकेर नयाँरोडतर्फ जाँदै गर्दा नयाँरोड–बरहथवा सडकखण्डको सोल्टिमोड नजिक भएको माेटरसाइकल दु’र्घटनामा वाग्लेको ज्यान गएकाे सर्लाही प्र’हरीले जानकारी दिएको छ ।
बुधबार राति ९ बजेतिर सडकमा लडिरहेको श’व र ज १० प ३२०६ नम्बरको मोटरसाइकल देखेपछि स्थानीयले प्र’हरीलाई खबर गरेका थिए । हरिपुर नगरपालिका-१ हजारबिघा घर भएका ५१ वर्षका वाग्लेलाई उपचारको लागि बरहथवा प्राथमिक स्वास्थ्य केन्द्र पुर्याउँदा चिकित्सकले मृ’त घोषित गरेका थिए ।
उनको आँखाको छेउमा सामान्य निलडाम जस्तो देखिए पनि शरीरको अन्य भागमा कुनै चो’ट नलागेको प्र’हरीले जानकारी दिएको छ।
घ’टनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।