आज पनि घट्यो सुनचाँदीको मूल्य, कारोबार कतिमा ?

admin

काठमाडौं, २२ माघ : बिहीबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन तोलामा ९०० तथा चाँदी तोलामा २० रुपैयाँले सस्तिएको हो । बुधबार सुन तोलामा ६०० र चाँदी ६० रूपैयाँले सस्तो बनेको थियो ।

बुधबार तोलाको ९२ हजार रुपैयाँमा कारोबार भएको सुन बिहीबार ९१ हजार १०० मा किनबेच भइरहेको छ । यस्तै, तेजाबी सुनको मूल्य ९० हजार ६०० कायम छ । यसैगरी बुधबार १३ सय २० रुपैयाँ रहेको चाँदीको मूल्य बिहीबार तोलामा २० रुपैयाँ घटेर १३०० रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।

प्रतिक्रिया